सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध
प्रकाशित:
२०८०, २४ बैशाख

काठमाडौं, २४ वैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध लगाएको छ । शुक्रबार संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटनामा परेपछि प्राधिकरणले सिम्रिकका सबै उडान स्थगित गरेको हो ।
प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि सिम्रिकका सबै उडानमा प्रतिबन्ध लगाएको बताएको छ । सूचनाअनुसार अन्य हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा अडिट नहुँदासम्मका लागि उडान हुने छैनन् ।
शुक्रबार दिउासो अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको सिम्रिक एयर नाइन एन– एजेजेट हेलिकप्टर भोटखोला–४ सिप्रुङमा दुर्घटनामा परेको थियो । चालक सुरेन्द्र पौडेलसहित ५ जना सवार उक्त हेलिकप्टरमा तीनजना घाइते भएकोमा एक यात्रुको मृत्यु भएको थियो । अन्यको काठमाडौंमा उपचार भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
