सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध
अखबार टुडे
प्रकाशित:
२०८०, २४ बैशाख

काठमाडौं, २४ वैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध लगाएको छ । शुक्रबार संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटनामा परेपछि प्राधिकरणले सिम्रिकका सबै उडान स्थगित गरेको हो ।

प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि सिम्रिकका सबै उडानमा प्रतिबन्ध लगाएको बताएको छ । सूचनाअनुसार अन्य हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा अडिट नहुँदासम्मका लागि उडान हुने छैनन् ।

शुक्रबार दिउासो अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको सिम्रिक एयर नाइन एन– एजेजेट हेलिकप्टर भोटखोला–४ सिप्रुङमा दुर्घटनामा परेको थियो । चालक सुरेन्द्र पौडेलसहित ५ जना सवार उक्त हेलिकप्टरमा तीनजना घाइते भएकोमा एक यात्रुको मृत्यु भएको थियो । अन्यको काठमाडौंमा उपचार भइरहेको छ ।

प्रतिक्रिया