‘मिस्टर एण्ड मिस प्रोभिन्स किड्स-२०२३’का प्रतियोगीले देखाए थरिथरीका प्रतिभा
अखबार टुडे
प्रकाशित:
२०८०, २३ बैशाख

धरान । ‘मिस्टर एण्ड मिस प्रोभिन्स किड्स-२०२३’का प्रतियोगीले आ–आफ्नो कला देखाएका छन् । प्रतियोगिताको ‘ट्यालेन्ट राउण्ड’अन्तर्गत शुक्रबार धरानमा भएको कार्यक्रममा प्रतियोगी प्रतिभा देखाएका हुन् । आयोजक संस्था ड्रीम्स एम प्रोडक्सनका कार्यक्रम निर्देशक मेरिना तुम्सा लिम्बूका अनुसार ‘ट्यालेन्ट राउन्ड’मा प्रतियोगीले नृत्य, गायन र कविता वाचनलगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

‘मिस प्रोभिन्सतर्फ ५ वर्षदेखि १५ बर्षसम्ममा १४ जना र मिस्टर प्रोभिन्सतर्फ ६ जनालाई ब्यक्तित्वविकाश, क्याटवाक, वक्तृत्वकलालगायत आत्मविश्वास सम्बन्धी तालिम कोरियोग्राफर तिथा कार्यक्रम निर्देशक मेरिना तुम्सा र मिस स्टेट स्वेता भुजेलले दिइरहेका छन् ।

ट्यालेन्ट राउन्डको निर्णायकमा मिसेस प्रोभिन्स आईडल रनरअप सुस्मिता ताम्राकार, मिस्टर पुर्वान्चल ईन्टरनेसनल रनरअप रिकेश क्षेत्री, मिस स्टेट–१ २०१८ फाईनलिष्टका साथै मिस ट्यालेन्ट बिजेता-मेकअप आर्टिस्ट र ग्लोबल डान्स बिजेता झापाका पृतम सम्बाहाम्फे थिए ।

प्रतियोगिताको फाइलन आगामी जेठको ६ गते शनिबार धरानमा हुने कार्यक्रम निर्देशक मेरिनाले जानकारी दिएकी छन् । उनका अनुसार ‘प्रोभिन्स किड्स-२०२३’को शीर्ष विजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने फस्ट रनरअपले १५ हजार, सेकेन्ड रनरअपले १० हजार पाउनेछन् ।

प्रतिक्रिया