‘कोशी’ नामकरणको विरोध गर्दै सडकमै उभौली पर्व
अखबार टुडे
प्रकाशित:
२०८०, २२ बैशाख

काठमाडौं, २२ बैशाख । कोशी प्रदेश नामकरणको विरोधस्वरुप काठमाडौं उपत्यकामा बसोबास गर्दै आइरहेका किरात समूदायले सडकमै उभौली पर्व मनाएका छन् ।

प्रदेश १ को प्रदेशको नामाङ्करण कोशी भएसँगै सडक आन्दोलनमा रहेका पहिचान पक्षधरले यसपटक सडकमा नै उभौली मनाएका हुन् । कोशी प्रदेशको खारेजीको माग राख्दै सांकेतिक रुपमा विरोध गर्न सडकमा नै उभौली पर्व मनाइएको उनीहरुको भनाइ छ ।

कोशी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने भन्दै माग पुरा नभए मुलुकभर नै पहिचान पक्षधरले आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात सुनुवार समाज र किरात याक्खा छुम्मालगायत पहिचान पक्षधर संघसंस्थाले शुक्रबार परम्परागत कला संस्कृति र पहिरनसहित काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरस्थित संघीय संसद भवन नजिक सडकमै नाँचगान गरेर उभौली बनाए । यस्तै, पूर्वका विभिन्न जिल्लामा पनि ‘कोशी’ नाम खोरेजीको माग गर्दै उभौली पर्व मनाएका छन् ।

प्रतिक्रिया