सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँ पुग्यो
अखबार टुडे
प्रकाशित:
२०८०, २१ बैशाख

काठमाडौं, २१ वैशाख । बिहीबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार १२ सय रूपैयाँले बढेर एक लाख ११ हजार ८ रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि २०७९ चैत २२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको थियो । यसतै, तेजावी सुन प्रतितोला एक लाख ११ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार २० रूपैयाँले बढेर १ हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया