मौसम : देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
अखबार टुडे
प्रकाशित:
२०८०, २१ बैशाख

काठमाडौं, २१ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर मौसम प्रतिकूल देखिएको छ ।

आज बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने भई बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, राति देशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भूभागमा भोलि शुक्रबार पनि मौसम प्रतिकूल रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया