राष्ट्रपतिद्वारा मिटरब्याज समस्या समाधान गर्ने अध्यादेश जारी
प्रकाशित:
२०८०, २० बैशाख
काठमाडौं, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन् ।
बुधबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो । त्यही अध्यादेशलाई राष्ट्रपतिले आज जारी गरेका हुन् ।
सरकारले मिटरब्याज अनुचित लेनदेन भन्दै मिटरब्याजीलाई कारबाही गर्ने गरी अध्यादेश ल्याएको छ । यो अध्यादेश जारी भएसँगै अब मिटरब्याजीलाई कारबाही गर्ने बाटो खुल्ने भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार