नक्कली शरणार्थी प्रकरण : एमाले सचिव टोपबहादुर र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी
अखबार टुडे
प्रकाशित:
२०८०, २० बैशाख

काठमाडौं, २० वैशाख । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको अभियोगमा एमाले सचिव टोपबहादुर रायमाझी र उनका उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि एमाले सचिव रायमाझी र उनका छोरा सन्दीपलाई पक्राउ गर्न प्रहरीलाई पक्राउ पुर्जी दिएको हो ।

सँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापालाई पनि पक्राउ अनुमति लिएर खोजी गरिरहेको बताइएको छ । यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया