क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय
प्रकाशित:
२०८०, २० बैशाख
काठमाडौं, २० वैशाख । सरकारले एसीसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।
आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो । एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपका लागि छनौट भएको छ । एसिया कपमा नेपालले अब भारत र पाकिस्तानसँग खेल्नेछ ।
यसतै बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक रकमको व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गर्ने निर्णय पनि गरेको उनले बताइन् ।
प्रतिक्रिया