अनुमतिबिना साउदी अरब गएको भन्दै पीएसजीले निलम्बन गर्यो मेस्सीलाई
प्रकाशित:
२०८०, २० बैशाख
काठमाडौं, २० वैशाख (एजेन्सी) । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनल मेस्सीलाई निलम्बन गरेको छ । क्लबको अनुमतिबिना साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको हो ।
अब निलम्बनको समयमा मेस्सीले पीएसजीका लागि खेल्न पाउने छैनन् । क्लबका अनुसार मेस्सीलाई खेल खेल्न प्रतिबन्ध लाग्नुको साथै, टिममा बसेर अभ्यास गर्न पनि पाउने छैनन ।
अर्जेन्टीनी कप्तान मेस्सीलाई साउदी अरबवाट आकर्षक प्रस्ताव आएको भन्ने चर्चा भइरहेको बेला मेस्सी साउदी अरब गएका हुन् । मेसी साउदी अरेबियाको पयर्टन राजदूतको भूमिकामा छन् । फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्ट बिचको खेल पछि अर्जेन्टेनी कप्तान मेसी साउदी अरेबिया गएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार