पोल्याण्डको वार्सामा राजेशपायलको मस्ती, राति २ बजेसम्म झुमाए दर्शक
अखबार टुडे
प्रकाशित:
२०८०, १९ बैशाख

काठमाडौं, १९ बैशाख । नेपाली सांगीतिक क्षेत्रका मेगास्टार गायक राजेशपायल राई पोल्याण्डको वार्सामा गुञ्जिएका छन् । एनआरएनए पोल्याण्डको आयोजनामा आइतबार साँझ ‘लाइभ कन्सर्ट विथ राजेशपायल राई’मा प्रस्तुत भएका राजेशपायलले रातको २ बजेसम्म दर्शकलाई आफूसँगै झुमाएका थिए ।

कार्यक्रममा ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायलले झण्डै दुई दर्जन आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा राजेशपायलले ‘सै हँमा’, दर्शन नमस्ते’, ‘देम सारो’, ‘मैले मायाले दिएको चिनो’, ‘नाई नभन्नु ल’लगायतका गीतहरु प्रस्तुत गर्दा दर्शक राजेशपायलसँगै झुमेका थिए ।

एनआरएनए पोल्याण्डले त्यहाँ रहेका नेपालीमाझ नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने उद्देश्यसहित आयोजना गरेको कार्यक्रममा राजेशपायलसँगै यहाँ रहेका केही नेपाली कलाकारले प्रस्तुति दिएका थिए ।

पोल्याण्डको राजधानी वार्सास्थित क्लब निइबोमा राति ८ बजेबाट सुरु कार्यक्रममा राति २ बजेसम्म चलेको थियो । चौथो युरोप टुरमा रहेका राजेशपायल राई मे ७ तारिखमा चेक रिपब्लिक र त्यसपछि फिनल्याण्डमा कार्यक्रम गदैछन् ।

प्रतिक्रिया