राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैँले ब्यहोर्ने
प्रकाशित:
२०८०, १९ बैशाख
काठमाडौं, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा लागेको सबै खर्च आफैँले ब्यहोर्ने भएका छन् । भारतको नयाँ दिल्लीस्थित एम्समा उपचार गर्दा लागेको सम्पूर्ण खर्च राष्ट्रपति पौडेल आफैँले ब्यहोर्ने भएका हुन् ।
राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक वक्तव्य निकालेर राष्ट्रपतिले उपचार खर्च आफैं ब्यहोर्न चाहेको जानकारी दिएका छन् ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो । उपचारपछि राष्ट्रपति पौडेल वैशाख १७ गते स्वदेश फर्किनु भएको थियो ।
यसअघि कांग्रेस महामन्त्री गगन थापाले सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैँले ब्यहोर्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार