हलिउडमा प्रियंकाले लिईन् पुरुष अभिनेता बराबरको पारिश्रमिक
अखबार टुडे
प्रकाशित:
२०८०, १८ बैशाख

काठमाडौं, १८ वैशाख (एजेन्सी) । भारतीय अभिनेत्री प्रियंका चोपडाले हलिउड फिल्ममा पुरुष अभिनेता बराबर पारिश्रमिक लिएकी छिन् । आफ्नो आगामी हलिउड फिल्म ‘लभ अगेन’ र बेब सिरीज ‘सिटाडेल’ मा पुरुष अभिनेता बराबर पारिश्रमिक लिएकी हुन् ।

प्रियंकाले बराबर पारिश्रमिक पाउदा खुशी व्यक्त गरेकी छिन् । वर्षौंदेखि लैङ्गिकताको आधारमा पारिश्रमिकमा गरिने भेदभाबविरुद्ध आफ्नो धारणा राख्दै आएकी प्रियंकाले ‘सिटाडेल’ मा आफ्ना सह–कलाकार रिचर्ड म्याडेनको बराबर पारिश्रमिक पाएपछि आफुले पत्याउनै नसकेको बताइन् ।

सिटाडेलको प्रचारको क्रममा एक अन्तर्वार्तामा कुरा गर्दै प्रियंकाले भनिन्, ‘साँच्चै भन्नुपर्दा म निकै अचम्ममा परें, किनकि मैले यसबारे सोच्न वा बोल्न छोडेको थिएँ । मेरो पुरुष कलाकारले लिएको पारिश्रमिक र मैले लिएको पारिश्रमिकमा धेरै फरक हुन्थ्यो । जीवनमा यस्तो घटना घट्छ भन्ने मैले साँच्चै सोचेको थिइनँ ।’

प्रियंकाले २२ वर्षको फिल्मी करियरमा पुरुष बराबरको पारिश्रमिक पाएको यो पहिलो पटक भएको बताएकी छन् । प्रियंकाले बराबर काम गरेर पनि महिला भएकाले कम पारिश्रमिक पाउने र फिल्म उद्योगमा पुरुषको दबदबा बढी हुने बताइन् ।

प्रियंकाको वेब सिरिज ‘सिटाडेल’ २८ अप्रिलमा ओटीटी मा रिलिज भइरहेको छ । साथै, आगामी मे १२ मा फिल्म ‘लभ अगेन’ रिलिज हुँदैछ, जसमा प्रियंकासँगै हलिउड अभिनेता साम ह्युगन देखिनेछन् ।

प्रतिक्रिया