बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै एसपी तिम्सिनाले दिए राजीनामा
प्रकाशित:
२०८०, १७ बैशाख
काठमाडौं, १७ वैशाख । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै प्रहरी उपरीक्षक (एसपी) आभुषण तिम्सिनाले राजीनामा दिएका छन् ।
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा वैशाख १५ गते १८ जना बढुवा सिफारिस भएका थिए । एसपी तिम्सिनाले उक्त सूचीमा आफूलाई छुटाएर अन्यायमा पारेको भन्दै आइतबारदेखि नै लागू हुने गरी राजीनामा दिएका हुन् ।
फेसबुकमा स्टाटस लेखेर एसपी तिम्सिनाले प्रहरी सेवामा लागेको २५ वर्ष पूरा हुन ४९ दिन बाँकी रहँदा संस्थाबाट राजीनामा दिएर अलग्गिने निर्णय गरेको उल्लेख गरेका छन् ।
यसअघि एसपी नान्तीराज गुरुङले पनि बढुवा सिफारिसप्रति असन्तुष्टि पोखेका थिए । उनले सिफारिस सूचीका १८ जना र आफ्नो कासमु सार्वजनिक गर्न बढुवा समितिलाई समेत चुनौती दिएका छन् ।
प्रतिक्रिया