नेपाल र युएईबीचको फाइनल खेल पानी परेर रद्ध भए के हुन्छ ?
अखबार टुडे
प्रकाशित:
२०८०, १७ बैशाख

काठमाडौं, १७ वैशाख । एसिसी प्रिमियर कपको फाइनल खेल भोलि सोमबार हुँदैछ । कुवेतविरुद्धको हिजो भएको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण खेल रद्द भएपछि समूह विजेता हुँदै घरेलु टोली नेपाल फाईनमा पुगेको छ ।

त्यसैगरी वर्षाले प्रभाव पारेको खेलमा यूएई डकवर्थ लेविस पद्धतिको आधारमा ओमानलाई दुई रनले हराउँदै फाईनलमा पुगेको छ । काठमाठौमा आगामी बिहीबार सम्म वर्षा हुने सम्भावना रहेको जनाएको छ । वर्षाको कारण भोलिको फाईनल खेल हुन नसके पर्सि मंगलबार हुने बताइएको छ ।

दुबै दिन वर्षाको कारण खेल हुन सकेन भने सुपर ओभरको खेल खेलाउने प्रयास गरिनेछ । वर्षाको कारण खेल र सुपर ओभर कुनै नभएमा खेल रद्द हुनेछ । खेल रद्ध भएको अवस्थामा आइसिसीको एक दिवसीय वरियतामा माथिल्लो स्थान बनाएको टोली एसिया कपका लागि छनौट हुनेछ । आइसिसीको पछिल्लो एकदिवसीय वरियतामा नेपाल १४ औं र युएई १९औं स्थानमा छन् ।

प्रतिक्रिया