निरा हत्या प्रकरण : शंकाष्पद एक जना झापाबाट पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, १७ बैशाख

काठमाडौं, १७ वैशाख । काठमाडौंको कपनमा निरा आचार्यको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जना शंकाष्पद व्यक्तिलाई पक्राउ गरेको छ । आचार्यको हत्या गरेको आरोपमा प्रहरीले झापाका विनोद विकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका विनोदलाई सोधपुछका लागि आज काठमाडौं ल्याउन लागिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेका विनोद बाउन्सर हुन् । प्रहरीले उनीसँग थप सोधपुछ गरिरहेको छ ।

७ वैशाखमा कपनस्थित सरस्वतीनगरको व्यस्त सडकमै सञ्चालन गरिएको भाँडा पसलभित्रै अन्धाधुन्ध चक्कु प्रहारबाट बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको हत्या भएको थियो ।

दिउँसो ३ बजेतिर आचार्यले सञ्चालन गर्दै आएको भाँडा पसलकै काउन्टरमा उनको घाँटी तथा शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो ।

प्रतिक्रिया