घण्टीको सामना गर्न राप्रपा सक्षम छः पशुपतिशमशेर राणा
प्रकाशित:
२०८०, १५ बैशाख
काठमाडौं, १५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशमशेर राणाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सामना गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको राप्रपाको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै राणाले घण्टीको सामना गर्न आफूहरू तयार रहेको बताएका हुन् ।
उनले भने, ‘गत चुनाव र अहिलेको उपचुनावमा पनि घण्टी बजेको छ । त्यो परिस्थिति सामना गर्न राप्रपा सक्षम छ । अप्ठेरो अवस्था सामना गर्न राप्रपा सामर्थ्यवान छ ।’उनले देश अप्ठेरोमा पर्दा आड दिने पार्टी राप्रपाबाहेक अर्को नरहेको दाबी गरे ।
प्रतिक्रिया