धरानका मेयर हर्क साम्पाङलाई पल शाहको गैँती र बेल्चा कोसेली
अखबार टुडे
प्रकाशित:
२०८०, १४ बैशाख

काठमाडौं, १४ वैशाख । अभिनेता पल शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर गैंती-बेल्चाजस्ता औजार कोसेली प्रदान गरेका छन् ।

बुधबार बेलुका शाहले इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवमा मनोरञ्जन प्रदान गरेका थिए । उक्त खाना महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट औजार खरिद गरेर मेयर साम्पाङलाई प्रदान गरेका हुन् ।

औजार प्रादन गर्दै पल शाहले भने, ‘हर्क सरको सामाजिक कार्यको हिस्सा हुन पाउँदा खुसी लागेको छ । महोत्सवबाट पाएको पारिश्रमिकको केही हिस्सा सहयोग गरेको हुँ ।’

शाहले सामाजिक सञ्जालमा स्टाटससहित तस्बिरहरू सेयर गर्दै मेयर साम्पाङसँग भेट्न पाउँदा खुसी लागेको पनि बताएका छन् । औजार ग्रहण गर्दै मेयर साम्पाङले पनि सबैै नेपालीभाषीलाई यो उपहारले सन्देश दिएको बताए ।

प्रतिक्रिया