‘वडी विल्डर्स’देखि व्यवसायीसम्म दिनेश सिंगक
अखबार टुडे
प्रकाशित:
२०८०, १४ बैशाख

काठमाडौं, १४ बैशाख । भनिन्छ, जहाँ इच्छा, त्यहाँ उपाय । यो भनाई दिनेश सिंगक लिम्बसँग ठ्याक्कै मेल खान्छ । दिनेशको वास्तविक परिचय ‘बडी विल्डर्स’ हो । तर, अहिले उनी युवा व्यवसायीका रुपमा चिनिन्छन् ।

तेह्रथुम फेदाप–३ (साविक जलजले–५)का दिनेशले २०६८ सालमा ‘मिस्टर धरान’मा वडी विल्डर्सको उपाधि हासिल गरेका थिए । २०६८ सालमै उनले ‘मिस्टर पुर्वाञ्चल’मा फस्ट रनरअपको उपाधि हासिल गरेसँगै दिनेश ‘बडी विल्डर्स’कै रुपमा चर्चामा आएका थिए । तर, उनी वडी विल्डर्समा मात्र संलग्न छैनन् । उनले धरानमा विभिन्न व्यवसायी संघसंस्थाहरुमा आवद्ध छन् ।

शारीरिक सुगठन कोशी प्रदेशका सचिवसमेत रहेका दिनेश भन्छन्, ‘व्यवसायी गर्ने मेरो पहिलेदेखिको इच्छा हो । तर, केही वर्ष शारीरिक सुगठन क्षेत्रमा व्यस्त भइयो ।’

केही समययता दिनेशले धरान–१० मा चौंठो बिबिक्यू रेष्टुरेण्ट सञ्चालन गर्दै आएका छन् । जुन रेष्टुरेण्ट धरानमा लोकप्रिय छ । परम्परागत खानाका परिकारका लागि चौंठो रेष्टुरेण्ट लोकप्रिय भएको हो ।

काठले बनेको चौंठोको लिम्बू समुदायकमा विशेष पहिचान र विशेषता छ । जसमा कुल कुटुम्बकामा वा पाहुनापात जाँदा लिम्बू समुदायले सगुन (रक्सी) बोक्ने चलन छ । तर, पछिल्लो समय चौठो हराउँदै गएको छ । यसैबेला दिनेश ‘चौठो’ नाममा रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । उनी भन्छन्, ‘चौठो रेष्टुरेण्टको विशेषता भनेको विविक्यू हो । जहाँ लोकल कोदोको रकसीदेखि अन्तराष्ट्रिय ब्राण्डका ड्रिक पाइने गरेको दिनेशले बताए ।

करिब तीन वर्ष दुवईमा समेत बसेका दिनेशले धरानमा केल्मी क्लोथ शोरुम समेत सञ्चालन गर्दै आएका छन् । केल्मी क्लोथ स्टोर पनि उनले धरान–१० मै सञ्चालन गर्दै आएका छन् । उनले रेष्टुरेण्ट र क्लोथ स्टोरमा गरी दर्जनौँलाई रोजगारी दिँदै आएका छन् ।

दिनेशले भने, ‘रेष्टुरेण्टमा मात्र १८ जना कामदार रहेका छन् । स्टोरमा पनि कर्मचारी छन् ।’ शारीरिक सुगठन हुँदै व्यवसायीमा लागेका दिनेशको लक्ष्य एक सफल व्यवसायी बन्ने रहेको छ । उनी भन्छन्, ‘अबको मेरो लक्ष्य व्यापार व्यवसायी नै हो ।’

प्रतिक्रिया