३३ वटा निर्माण कम्पनीको इजाजतपत्र खारेज (सूचीसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, १४ बैशाख

काठमाडौं, १४ बैशाख । सरकारले ३३ वटा निर्माण कम्पनीको इजाजत पत्र खारेज गरेको छ । पटक पटक नवीकरण गर्न दिएको निर्देशनलाई अवज्ञा गरेपछि सरकारले यी कम्पनीहरूको इजाजत पत्र खारेज गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार सूचना जारी निर्माण व्यवसाय ऐन, २०५५ को दफा ७ को उपदफा ३ बमोजिम नवीकरण नगर्ने कम्पनीको स्वतः इजाजत पत्र खारेज गरिएको जनाए दिएको छ ।

खारेज गरिएका निर्माण कम्पनीहरूमा ‘क’ र ‘ख’ वर्गका एक/एक वटा र बाँकी ३१ वटा ‘ग’ वर्गका छन् । काठमाडौं महानगरपालिका-२४ का दीपक कुमार श्रेष्ठ र दिवस श्रेष्ठ प्रोप्राइटर-सञ्चालक रहेको पृथ्वी नेपाल कन्स्ट्रक्सन कम्पनी प्रालि ‘क’ वर्गको निर्माण रहेको छ ।
हेर्नुहोस सूची :

Untitled
प्रतिक्रिया