आर्थिक सङ्कट समाधानका लागि बाँदर निर्यात गर्नुपर्छ : धनराज गुरुङ
अखबार टुडे
प्रकाशित:
२०८०, १२ बैशाख

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले देशको आर्थिक सङ्कट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव राखेका छन् । उनले गाउँघरमा बाँदर आतङ्क फैलिएको उल्लेख गर्दै त्यसलाई निर्यात गर्ने निर्णय गरे देशलाई आर्थिक सङ्कटमा राहत मिल्ने बताएका हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘अहिले देश आर्थिक महासङ्कटमा परेको छ । हामीले यो समस्याको समाधान खोज्नै पर्छ । सभामुख महोदय हाम्रा गाउँहरूमा पनि अहिले बाँदर आतङ्क मच्चिएको छ । किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ । हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला ? अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय गर्दा ठिकै हुन्छ जस्तो लाग्दछ ।’

सांसद गुरुङले अस्ट्रेलियाले आर्थिक व्यवस्थापनको लागि त्यहाँको राष्ट्रिय जनावर लाखौँ कङ्गारु मारिन्छ गरेको बताए । यस्तै श्रीलङ्काले भर्खरै एक लाख बाँदर निर्यात गर्ने निर्णय गरेको पनि सुनाए । उनले भ्रष्टाचार नियन्त्रण नगरे जुनसुकै उद्योगधन्दा सञ्चालन गरे पनि नेपाल उभो नलाग्ने आफूले देखेको पटक–पटक दोहो¥याए ।

प्रतिक्रिया