भारी मतान्तरसहित चितवन २ बाट निर्वाचित भए रवि लामिछाने
अखबार टुडे
प्रकाशित:
२०८०, १२ बैशाख

काठमाडौं, १२ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।

कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेलाई भारी मतान्तरले पराजित गर्दै लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका छन् । कांग्रेसका श्रेष्ठले भने ११ हजार २१४ मत प्राप्त गरे । तेस्रो भएका एमालेका न्यौपानेले १० हजार ९३६ मत पाएका छन् ।

प्रतिक्रिया