संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयक विशेष समितिमा लैजाने तीन दलबीच सहमति
प्रकाशित:
२०८०, ११ बैशाख
काठमाडौं, ११ बैशाख । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक विशेष समितिमा लैजाने सहमति भएको छ । सोमबार सिंहदरबारमा भएको तीन दलका शीर्ष नेताबीच छलपलमा सो सहमति भएको हो ।
सो विधेयकमाथि छलफल गर्न विशेष समिति गठन हुनेछ । समिति १५ सदस्यीय हुने छ । संवैधानिक परिषद्सम्बन्धी विधेयक भने संसद् बैठकबाट पारित गर्ने सहमति भएको हो ।
त्यसैगरी बैठकमा एमालेले संसद्का १५ समितिमध्ये सार्वजनिक लेखासहित २ वटा समितिको नेतृत्व पाउने भएको छ । एमालेले चारवटा समितिको सभापति दाबी गर्दै आएको थियो ।
‘अहिलेलाई फरक धारणा रहेका सबै विषयमा प्रमुख ३ दलबीच सहमति जुटेको छ’ एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार