एसीसी प्रिमियर कप : साउदीसँगको खेल रद्द भए पनि नेपाल सेमिफाइनलमा
अखबार टुडे
प्रकाशित:
२०८०, ११ बैशाख

काठमाडौं, ११ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षा कारण रद्द भएको छ । मुलपानी मैदान विहान ९ बजे सुरु हुने पर्ने खेल वर्षा कारण मध्यान्ह १२ः३० बजेसम्न पनि टस हुन नसकेको हो ।

खेल रद्द भएसँगै नेपाल र साउदीले समूह ’ए’ मा एक एक अंक बाँडेका छन् । समूहको शीर्ष स्थानको नेपालले अन्तिम खेलअघि पाँच अंक जोडेको छ । नेपाल अन्तिम खेलअघि सेमिफाइनल पुगेको छ ।

चार अंक जोडेर दोस्रो स्थानमा रहेको ओमान र तीन अंक जोडेर तेस्रो स्थानमा रहेको साउदीसँग दुई अंक जोडेको मलेसियाको पनि सेमिफाइनल सम्भावना बाँकी छ । नेपालले अन्तिम खेलमा बिहीबार कतारसँग खेल्नेछ ।

प्रतिक्रिया