चितवन-२ को मतगणना १ बजेबाट सुरू हुँदै
अखबार टुडे
प्रकाशित:
२०८०, ११ बैशाख

काठमाडौं, ११ वैशाख । प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नं. २ मा भएको उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरू हुने भएको छ ।

सोमबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने छ । यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको छ ।

चितवन २ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आचारसंहिताको उल्लंघन गरेको र माफी माग्नुपर्ने अडान लिएपछि मतगणना सुरू भएको थिएन ।

यहाँ नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् । बारा क्षेत्र नम्बर २मा पनि मतगणना हुन सकेको छैन। यता तनहुँ क्षेत्र नम्बर १मा भने मतगणना भइरहेको छ ।

प्रतिक्रिया