तनहुँ १ उपनिर्वाचन : १८ हजार मत गन्दा स्वर्णिमलाई १० हजार बढी मत, अरुले कति पाए ?
अखबार टुडे
प्रकाशित:
२०८०, ११ बैशाख

काठमाडौं, ११ वैशाख । तनहुँ–१ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । जारी मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता कायम राखेका छन् ।

१८,६६१ मत गणना हुँदा मत गन्दा वाग्लेले १०,२५९ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५००३ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । खनालले २७९७ मत ल्याएका छन् ।

हालसम्म ८ वडाको अन्तिम मतपरिणाम आएको छ । आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, आँबुखैरेनी–४, भानु–१०, भानु–८, भानु–३, भानु–७, भानु–४ र भानु–११, ऑबुखैरेनी–६, भानु–५ को मतगणना सकिएको हो ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

प्रतिक्रिया