नेपालमा बन्ने सवारी साधन दर्ता गर्न मिल्ने कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०८०, १० बैशाख

काठमाडौं, १० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बन्ने सवारी साधन दर्ता गर्न मिल्ने कानुन बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र प्रोत्साहन गर्ने नीति अख्तियार गर्न नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका हुन् ।

‘यात्री’ लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएका समाचार सार्वजनिक भएका थिए ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्द्धनसम्बन्धी कानुनको मस्यौदा बनाई पेस गर्न भनेको बताइएको छ ।

प्रतिक्रिया