मधेशका मुख्यमन्त्रीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
प्रकाशित:
२०८०, १० बैशाख

काठमाडौं, १० वैशाख । निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
आयोगले आइतबार मतदान भइरहेको बेला निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना निर्वाचन आचारसंहिताविपरीत हुने गरी के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो ? भनी स्पष्टीकरण सोधेको छ ।
आयोगले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । बारा २ मा जसपाका उपेन्द्र यादव गठबन्धनबाट उम्मेदवार छन् । मुख्यमन्त्री यादव उपेन्द्रको पक्षमा चुनावी माहौल बनाउन सरकारी स्रोत साधनको दुरुपयोग गरी हिँड्न थालेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त