सन्दीप बने ओडिआईमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी
अखबार टुडे
प्रकाशित:
२०८०, ८ बैशाख

काठमाडौं, ८ बैशाख । नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो विकेट लिने दुलर्भ कीर्तिमान बनाएका छन् । सन्दीपले ४२ खेलमा एक सय विकेट लिएर यो कीर्तिमान बनाएका हुन् ।

यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानको नाममा थियो । उनले ४४ खेलमा सय विकेट लिएका थिए । खानले ४४ खेलमा बनाएको कीर्तिमान सन्दीपले दुई खेल अगावै तेडेका हुन् ।

एसीसी प्रिमियर कप अन्तर्गत ओमानसँगको खेलमा एक विकेट लिँदै सन्दीपले सो कीर्तिमान बनाए । सन्दीपले खेलको १२ ओभर ३ बलमा ओमानका अदिल शफिक लाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारे ।

सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्ध ओडिआईमा डेब्यु गरेका सन्दीपको बेस्ट बलिङ फिगर ६/११ हो । अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क तेस्रो स्थानमा छन् । उनले ५२ खेलमा यो कीर्तिमान बनाएका थिए ।

प्रतिक्रिया