उपनिर्वाचनका लागि मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?
अखबार टुडे
प्रकाशित:
२०८०, ८ बैशाख

काठमाडौं, ८ वैशाख । आइतबार हुने उपनिर्वाचनका लागि मौन अवधि सुरू भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा २, तनहुँ १ र चितवन २ मा हुन लागेको निर्वाचनका लागि गए राति १२ बजेदेखि निषेधको अवधि लागू भएको हो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घन्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था छ ।

उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुृसार तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएपनि मौन अवधिमा तोकिएको आचारसंहिता देशभरि नै लागु हुनेछ ।

प्रतिक्रिया