बैशाखमा आयो अनिलाको ‘चिसो चिसो मौसम’ (भिडियोसहित)
प्रकाशित:
२०८०, ६ बैशाख
काठमाडौं, ६ चैत । हिजोआज काठमाडौंलगायत तराई क्षेत्रमा उधुम गर्मी बढेको छ । तर, गायिका अनिला राई भने चिसो मौसमकै धङधङ्गीमा छिन् । र, गाइन् ‘चिसो चिसो मौसम छ’ ।
प्रशंग हो, बैशाखको चर्को गर्मीमा गायिका अनिलाले सार्वजनिक नयाँ गीत ‘चिसो चिसो मौसम छ’ । जुन गीतको भिडियो मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा गायिका अनिलासँगै गायक रोशन राईको पनि स्वर रहेको छ । यस युगल गीतको भिडियोमा विना राउत र रोशन आरबीकेको अभिनय रहेको छ ।
सचिन सिंहको संगीत रहेको यस गीतको शब्दरचना पनि अनिलाकै रहेको छ । रोशनकै निर्देशन रहेको यस भिडियोलाई दिपेन बस्नेतले खिचेका हुन् । यो सार्वजनिक गीत गायिका अनिलाको पछिल्लो एल्बम ‘एन्जेलिना’मा संग्रहीत छ । जुन एल्बम केही महिनाअघि मात्र सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया