सहरभित्रै रानीवनको अनुभूति, ट्राउट माछादेखि वाचिपासम्म पाइने रकहाउस क्याफे
अखबार टुडे
प्रकाशित:
२०८०, ६ बैशाख
  • एमपी सुब्बा

काठमाडौं, ६ बैशाख । सहरको कोलाहल, धुँवा, धूलोमैलो र गाडीको ट्र्वार ट्र्वार आवाज । हैट, सम्झिँदै दिक्क लाग्ने । सायद काठमाडौंबासीलाई यहाँको वातावरणले यस्तै मनोटोनस भएको हुनसक्छ ।

त्यसो हो भने एकछिन भएपनि मनलाई आनन्दित तुल्याउन ‘रकहाउस क्याफे’ छिर्नुस् । जहाँ, परम्परागत खानाको स्वादसँगै सफारी रिसोर्टको अनुभूति गर्न सक्नुहुने छ ।

काठमाडौंस्थित रातोपुलको मुखैको रहेको ‘रकहाउस क्याफे एण्ड पाटी प्यालेस’ छिर्नेवित्तिकै रानीवन छिरे जस्तो शीतल अनुभूति हुन्छ । विभिन्न प्रकारका हरियाली बनस्पतिका रुख र झर्नाका कारण यो गर्मी मौसमका लागि त रकहाउस क्याफे शीतलधूप नै हुनसक्छ ।

‘सेलिब्रेटी जक्सन’का रुपमा समेत चिनिएको यो क्याफे २०६७ सालमा एक जना पार्टनरसँग मिलेर खोटाङका सुमन राईले सञ्चालनमा ल्याएका हुन् । अहिले यो क्याफे सुमन र प्रकाश राईले सञ्चालन गर्दै आएका छन् ।

यसरी सुरुवात भयो रकहाउस क्याफे

करिब १२ वर्ष दक्षिण कोरियामा बसेर २०६७ सालतिर सुमन नेपाल फर्किए । नेपाल फर्केपछि के गर्ने त ? यस्तै सोचमा परे सुमन राई । सोच्दासोच्दै एकदिन क्याफे अर्थात रेष्टुरेण्ट खोल्ने निर्णयमा पुगे उनी । सुमन भन्छन्, ‘यो क्याफे सञ्चालनमा ल्याउँदा मलाई रेष्टुरेण्टबारे खाशै अनुभव थिएन । तर, लाग्यो अरु व्यवसायभन्दा क्याफे सञ्चालन गर्नु ठिक छ ।’

क्याफे खोल्ने निर्णय गरेपछि उनले कोरियामै बसेर फर्किएका एकजना साथीसँग मिलेर ‘रकहाउस क्याफे’ सञ्चालनमा ल्याए ।’ सुमन भन्छन्, ‘त्यो बेला हामीले ८० लाख रुपैयाँ लागतमा रकहाउस क्याफे सञ्चालनमा ल्याएका हौँ । त्यो बेला ८० लाख भनेको राम्रै लगानी हो ।’

अनुभवविना लाखौँ लगानी गरिरहँदा सुमनलाई ‘कतै लगानी डुब्ने त होइन’ भन्ने डर पनि लागेको थियो । तर, जब क्याफे सञ्चालनमा आयो, त्यसपछि विभिन्न कार्यक्रम, सेमिनार र गोष्ठीहरु हुन थाले । जसले गर्दा छोटो समयमै ‘रकहाउस क्याफे’ सेलिब्रेटी जोन’ बन्न पुग्यो । अहिले पनि नेता र सेलिब्रेटीका लागि लोकप्रिय स्थान बनेको छ रकहाउस क्याफे ।

रकहाउस क्याफेका सञ्चालकमध्येका सुमन राई भन्छन्, ‘यो क्याफेमा नआउने नेता र सेलिब्रेटी कमै होलान् । यहाँ अभिनेता राजेश हमालदेखि अभिनेत्री करिश्मा मानन्धरसम्म आइसकेका छन् । र, आइरहेका छन् ।’ उनी थप्छन्, ‘रकहाउसमा नआउने कलाकार सायदै कोही बाँकी छैनन् ।’

‘रकहाउस क्याफे’ गायक राजेशपायल राईका लागि त जक्सन नै हो । एउटा सानो भेटघाट वा पत्रकार सम्मेलन गर्नुपरे उनी रकहाउसमै गर्छन् । कार्यक्रम र भेटघाटका लागि नेपाली गायन क्षेत्रका मेगास्टार राजेशपायल राई किन रकहाउस क्याफे नै रोज्छन् त ? जवाफमा राजेशपायल भन्छन्, ‘रकहाउस क्याफले साँच्चीकै रक छ । सहरको बिचमा रहेका पनि शान्त वातावरण र सुन्दर हरियालीले कुनै जंगल रिसोर्टमा कार्यक्रम गरेजस्तो फिलिङ हुन्छ । त्यसैले पनि म हरेक कार्यक्रम रकहाउसमै गर्छु ।’

शान्त र हरियाली वातावरणका आलावा खानामा समेत रकहाउस क्याफेको छुट्टै विशेषता छ । ‘रकहाउस स्पेशल’ खाना मात्र नभएर यो क्याफेमा ‘वाचिपा’ ‘याङ्बेन’ ‘पोलेको सुँगुर’लगायत परम्परागत किराती खानाहरु पाइन्छ । साथै, तन्दुरी र ट्राउट माछा पनि रकहाउसको विशेष परिकार हो । हरियाली वाचावरणमा ट्राउट माछा र वाचिवा जस्ता परम्परागत खानाको स्वादसँगै जुम्न पाउँदा रातोपुल होइन, कुनै सुन्दर पहाडमा बसेर आनन्द लिइरहेको अनुभूति हुन्छ ।

पारिवारिक वातावरण भएकाले पनि रकहाउस क्याफेमा एकपटक छिरेपछि अर्को पटक नआइकन धरै पाउँदैनन् किनकि मान्छेहरु यो कोलाहलमा शान्त र शीतल वातावरण खोजिरहेका हुन्छन् । त्यसको पूर्ति रकहाउस क्याफेले गर्दै आएको छ ।
सञ्चालक सुमन राईका अनुसार डेढ रोपनी क्षेत्रमा फैलिएको रकहाउस क्याफेमा ३५० देखि चार सय जनासम्मलाई पाटी दिन सकिनेछ । उनी भन्छन्, ‘त्यस्तै परिस्तिथि आए पाँच जनालाई पनि व्यवस्थापन गर्न सकिन्छ ।

नोट : जीवनशैलीअन्तर्गत अब हामी नियमित क्याफे, रेष्टुरेण्ट र होटलहरुको प्रर्वद्धात्मक आलेख पस्किने छौँ । तपाइँ पनि आफ्नो व्यवसायीको प्रवद्र्धन र प्रचार गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

#lifestyle #rockhousecafe #ratopol

9808568344/akhabartoday@gmail.com

प्रतिक्रिया