त्रिभुवन विमानस्थलमा भोलि ६ घन्टा जहाज उडान-अवतरण नहुने
अखबार टुडे
प्रकाशित:
२०८०, ६ बैशाख

काठमाडौं, ६ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि ६ घन्टा बन्द हुने भएको छ । बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएको हो ।

विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गरिने भएकोले उडान र अवतरण बन्द गरिनेछ ।

यो अवधीमा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरण हुने छैन । मंगलबार पनि विमानस्थलको एप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी एक घण्टा डाउन हुँदा उडान र अवतरण प्रभावित बनेको थियो ।

प्रतिक्रिया