प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन
अखबार टुडे
प्रकाशित:
२०८०, ६ बैशाख

काठमाडौं, ६ वैशाख । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बुधबार विहान बसेको संवैधानिक परिषदको बैठक बिना निस्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिए । बैठको अर्को मिति पनि नतोकिएको उनले बताए ।

बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानून, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् ।

यसअघि प्रमुख तीन दलका नेताहरुको बालकोटमा बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको थियो । नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायत कानून व्यवसायीहरुले पनि तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न दबाव दिँदै आएका छन् ।

प्रतिक्रिया