मिटरब्याज पीडितको माग सम्बोधन नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०८०, ५ बैशाख

काठमाडौं, ५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे सडक संघर्षमा जाने चेतावनी दिएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष राजेन्द्र लिङदेनले सो चेतावनी दिएका हुन् ।

उनले भने, ‘यतिबेला यस्तो सरकार छ जसले समाजमा गरिबहरूको अथवा सर्वहारा वर्गको अधिनायकत्व स्थापना हुनेछ भनेर सपना बाँड्ने पार्टीको नेतृत्वमा सरकार छ । तर, यतिनै बेलामा गरिबमाथि किन प्रहार भइरहेको छ । हामी भन्न चाहन्छौं सरकारले मिटरव्याजपीडितहरू र तराईमा आन्दोलनमा रहेकाहरूको माग सम्बोधन गरोस् । अन्यथा राप्रपा उनीहरुको साथमा सडकमा जाने घोषणा गर्छु ।’

अध्यक्ष राजेन्द्र लिङदेनले मिटरज्याजपीडितमाथि सरकारले गरेको दमनप्रति आपत्ति जनाए । उनले भने, ‘निमुखाहरूप्रति राज्य उभिनुपर्ने ठाउँमा न्यायको माग गर्दै आएको मिटरव्याजपीडितहरूलाई सरकारको हिजो जुन ढंगले आक्रमण गरेको छ । त्यसको निन्दा र भर्त्सना गर्छु ।’

प्रतिक्रिया