नवनियुक्त परराष्ट्रमन्त्री साउदले लिए पद तथा गोपनीयताको शपथ
अखबार टुडे
प्रकाशित:
२०८०, ३ बैशाख

काठमाडौं, ३ बैशाख । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण लिएका हुन् ।

नेपाली कांग्रेसका सांसद साउद यसअघि सिँचाइमन्त्रीसमेत बनेका थिए । वर्तमान सरकारमा साउदसहित कांग्रेसबाट पाँच जना मन्त्री बनिसकेका छन् ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बनेका थिए । यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएका छन् ।

गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यतिबेला ५ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैं सम्हालेका थिए । साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो छ । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी छन् ।

प्रतिक्रिया