सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, ३ बैशाख

काठमाडौं, ३ वैशाख । कैलालीको सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइतबार बिहान साढे ८ बजे कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायका अनुसार ती वृद्धामा २६ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । २४ चैतमा मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएकी ती वृद्धाको आईसीयूमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया