
काठमाडौं, २ बैशाख । बरिष्ठ फोटो पत्रकार तथा गीतकार हरि गोपाल प्रधान ‘सुप्रबल जनपथश्री’ पदकद्वारा सम्म्मानीत भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार देश र समाजका लागि विभिन्न क्षेत्रबाट योगदान पुर्याएका व्यक्तिहरुलाई मानपदवी तथा पदकद्वारा सम्मानीत गरेका थिए ।

सोक्रममा फोटो पत्रकारितामा चार दशकभन्दा लामो समयदेखि सक्रिय रहेर देश, समाज र सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सरकारले फोटो पत्रकार प्रधानलाई ‘सुप्रबल जनपथश्री’ पदकद्वारा सम्मान गरेको हो ।
‘सुप्रबल जनपथश्री’ पदक ग्रहण गरेपछि बरिष्ठ गीतकारसमेत रहेका फोटो पत्रकार प्रधानले भने, ‘सरकारको यो सम्मानले चार दशक लामो फोटो पत्रकारिता क्षेत्रमा मैले पु¥याएको योगदानको कदर भएको महशुस गरेको छु ।’
गीतिकारितामार्फत तीनपटक ‘वल्र्ड बुक रेकर्डस’समेत राखिसकेका फोटो पत्रकार प्रधान अहिले पनि पत्रकारिता र गीतिकारितामा उत्तिकै सक्रिय रहेका छन् । उनका थुप्रै गीत बजारमा छन् ।
