अमेरिकाको टेक्ससस्थित डेयरी फार्ममा विस्फोट हुँदा १८ हजार गाई मरे
प्रकाशित:
२०८०, १ बैशाख
काठमाडौं, १ वैशाख (एजेन्सी) । अमेरिकाको टेक्सस राज्यमा रहेको एक डेयरी फार्ममा विस्फोटन हुँदा १८ हजार गाईहरु मरेका छन् । टेक्सासको पश्चिमी क्षेत्र डिम्मितमा रहेको उक्त डेरी फार्ममा गत सोमबार बिस्फोट भएको हो ।
विस्फोटनपछि डेयरीमा आगलागी हुँदा १८ हजार गाईहरु मरेको त्यहाँका प्रहरीले पुष्टि गरेका छन् । यस घटनामा एक व्यक्ति घाइते भएका छन् । बिस्फोट र आगलागीको कारण खुल्न सकेको छैन । तर उक्त डेरीका उपकरणबाट निस्किएको आगोको झिल्को मीथेन ग्यासमा पुगेको अनुमान छ, सोही कारण ठूलो आगलागी भएको हुनसक्छ ।
अमेरिकाको कुनै डेरी फार्ममा एकै पटक यति धेरै गाईहरू मरेको यो सन् २०१३ पछिको पहिलो घटना हो । सन् २०१८ देखि सन् २०२१ सम्म अमेरिकाका विभिन्न ठाउँमा भएका आगलागीमा फार्ममा पालिएका झन्डै ३० लाख चौपायाको मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार