धनगढीमा वृद्धको पेटभित्र भेटियो रक्सीको बोतल
प्रकाशित:
२०७९, ३० चैत्र
धनगढी, ३० चैत । पेट दुखेपछि अस्पताल गएका एक जना वृद्धको पेटभित्र रक्सीको बोतल भेटिएको छ । धनगढी–१४ की ६१ वर्षीय जवानसिंह रोक्का मगरका पेटमा रक्सीको बोतल भेटिएको हो ।
सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहका अनुसार ‘भिडिओ एक्स रे गर्दा उनको पेटभित्र ८८४८ को क्वार्टरको बोतल देखिएको छ । जवानसिंहको पेटभित्र उक्त बोतल कसरी पस्यो भन्नेबारे विस्तृतमा खुलिसकेको छैन । उनको उपचार भइरहेको छ ।
यसअघि गत महिना चितवनमा एक जना युवकको पेटभित्र पनि रक्सीको बोतल भेटिएको थियो । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट बोतल निकालेका थिए ।
प्रतिक्रिया