विमान चार्टर गरेर नेपाल घुम्न आएका चिनियाँ पर्यटकलाई विमानस्थलमा मन्त्रीले गरे स्वागत
अखबार टुडे
प्रकाशित:
२०७९, ३० चैत्र

काठमाडौं, ३० चैत । नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ ।

बिहीबार बिहान नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका १ सय ८१ जना चिनियाँ पर्यटकहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले चिनियाँ पर्यटकहरुलाई खादा र माला लगाएर स्वागत गरेका हुन् ।

पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका विमानस्थलले जनाएको छ । पर्यटकहरुले नेपाल र चीनको झण्डा समेत बोकेका थिए । ७ सय चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आउन लागेको र सोही समूहको पहिलो लट बिहीबार आएका विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया