बलात्कार आरोप लागेका न्यायाधीश भुवन गिरी काठमाडौंबाट पक्राउ
प्रकाशित:
२०७९, २८ चैत्र
काठमाडौं, २८ चैत । बलात्कारको आरोप लागेका न्यायाधिश भुवन गिरी काठमाडौंको गोंगबुको पवित्रनगरबाट पक्राउ परेका छन् । वैवाहिक बलात्कार आरोप लागेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जानकारी दिए ।
गत साता जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेका गिरीलाई कपिलवस्तु पठाउने तयारी भइरहेको छ ।
न्यायाधीश गिरीले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै श्रीमतीले दिएको जाहेरीका आधारमा न्यायाधीश गिरी पक्राउ परेका हुन् । गिरी एक महिनाअगाडि न्यायपरिषद्मा सरुवा भएर आएका थिए । त्यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश थिए ।
प्रतिक्रिया