टिआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने तीन दलको सहमति
अखबार टुडे
प्रकाशित:
२०७९, २८ चैत्र

काठमाडौं, २८ चैत । बालुवाटारस्थित सभामुखको निवासमा बसेको तीन दलको बैठकले सत्य निरूपण तथा मेलमिलाप (टिआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति गरेको छ ।

मंगलबार बिहान सभामुख निवासमा घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकले टिआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको सभामुखको सचिवालयले जानकारी दिए ।

संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व पनि सहमतिमा टुंगो लगाउन नेताहरू सहमत भएका छन् । अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी थिए ।

प्रतिक्रिया