नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी
प्रकाशित:
२०७९, २८ चैत्र
काठमाडौं, २८ चैत । त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । त्रिविले एक सूचना जारी गर्दै कतिपय क्याम्पसहरूले हालसम्म पनि नवीकरण गरेको नपाइएकाले सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो ।
त्रिविले ती कलेजहरूलाई नवीकरण नगर्नुको कारण खुलाउन एक महिना समयसमेत दिएको छ । नवीकरण हुनुको कारण खुलाएर २०८० वैशाख मसान्तभित्र जानकारी गराउनसमेत त्रिविले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ ।
सम्बन्धित क्याम्पसहरूले डीन कार्यालयमा निवेदन दिन सक्नेछन् । नवीकरण भएका क्याम्पसहरूले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्छन्। नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ ।
प्रतिक्रिया