झापा बिद्रोहका नेता नरेश खरेलले त्यागे एमाले
अखबार टुडे
प्रकाशित:
२०७९, २७ चैत्र

काठमाडौं, २७ चैत । नेकपा एमालेका केन्द्रीय सल्लाहकार नरेश खरेलले पार्टी परित्याग गरेका छन् । पार्टीभित्र स्वेच्छाचारिता बढेको भन्दै उनले एमाले परित्याग गरेका घोषणा गरेका हुन् ।

सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गर्दै खरेलसहित १० जनाले एमाले परित्यागको घोषणा गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रका रुपमा चिनिएका खरेल यसअघि राष्ट्रियसभा सदस्य थिए ।

पार्टीको पोलिटव्यूरो सदस्यको जिम्मेवारीसमेत सम्मालिसकेका खरेलले पार्टी मनोमानी ढंगले सञ्चालन हुन थालेकाले आफू पार्टी परित्याग गर्न बाध्य भएको बताए ।

नेता खरेलसहित एमालेको विभिन्न जिम्मेवारीमा रहेका हिराप्रसाद पोखरेल, खिना राना मगर, कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द सहा, भीमप्रसाद लुईटेल, साजत आलम र आवलोदिन मियाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

०२७/०२८ को ऐतिहासिक झापा बिद्रोहका योद्धा, नेपालको कम्युनिष्ट आन्दोलनका अथक योद्धा, सादगी नेता, सादा जीवन उच्च विचारको धनी, खरेल २०३३ सालमा नख्खु जेल ‘ब्रेक’ गर्ने वामपन्थी नेतामा पर्छन् ।

प्रतिक्रिया