सांगीतिक कार्यक्रमसहित लक्ष्मी केयर्सको अरेन्ज भाइब्स
अखबार टुडे
प्रकाशित:
२०७९, २७ चैत्र

काठमाडौं, २७ चैत । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैरनाफामूलक संस्था लक्ष्मी केयर्सले अरेन्ज भाइब्स नामक सांगीतिक कार्यक्रम आयोजना गरेको छ ।

गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित उक्त कार्यक्रममा दिपक बज्राचार्य र रिद्म ब्याण्डको सांगीतिक प्रस्तुतीका साथसाथै नेपालका विभिन्न स्थान तथा संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक परिकार प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको विशेष अतिथिस्वरुप प्रख्यात सेफ सन्तोष साहको समेत उपस्थिति थियो । आयोजक संस्थाका अनुसार कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १२०० भन्दा बढी हितैषीको उपस्थिति रहेको थियो ।

कार्यक्रमबाट संकलित रकम लक्ष्मी केयर्सको वातावरण संरक्षण तथा नविकरणीय उर्जा प्रवद्र्धन लगायतका विविध सामाजिक कार्यमा उपयोग हुने जनाइएको छ । यसअघि लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।

प्रतिक्रिया