‘मेरो जिब्रो चुस्न सक्छौ’ भनेपछि दलाई लामाको विरोध, मागे माफी
अखबार टुडे
प्रकाशित:
२०७९, २७ चैत्र

काठमाडौं, २७ चैत (एजेन्सी) । नाबालकसँग चुम्बन गरेपछि विवादमा फसेका विश्वचर्चित तिब्बती धर्मगुरु दलाई लामाले माफी मागेका छन् ।

केही दिनअघि सार्वजनिक भएको भिडिओमा दलाई लामाले बालकलाई अँगालेको र उनको ओठमा चुम्बन गरेका छन् । ओठमा चुम्बन गरेपछि उनले ती बालकलाई ‘मेरो जिब्रो चुस्न सक्छौ’ भनेर सोध्छन् । दलाई लामाको उक्त व्यवहारको तीव्र विरोध भएपछि उनले सोमबार माफी मागेका हुन् ।

लामाले भनेका छन्,‘एक भिडियो क्लिप सार्वजनिक भएको छ । एक बालकले मलाई अँगालो दिन सक्नुहुन्छ कि भनेर सोधेका थिए । म बालक, उनका परिवार र साथीहरूसँग मैले निम्त्याएको चोटको लागि माफी माग्न चाहन्छु । मैले प्रायः निर्दोष र चंचल तरिकामा भेट्ने मानिसहरूलाई सार्वजनिक रूपमा र क्यामेरा अगाडि पनि जिस्काउने गर्छु । मैले घटनाप्रति माफी माग्न चाहन्छु ।’

प्रतिक्रिया