ज्यान मार्ने धम्कीकाबीच सलमान खानले किने बुलेटप्रुफ गाडी
प्रकाशित:
२०७९, २६ चैत्र

काठमाडौं, २६ चैत (एजेन्सी) । बलिउड नायक सलमान खानले नयाँ बुलेटप्रुफ गाडी किनेका छन् । लगतार ज्यान मार्ने धम्की आएपछि उनले निसान पेट्रोल एसयूभी गाडी किनेका हुन् ।
हालसम्म यो गाडी भारतीय बजारमा लन्च भएको छैन । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त कारको मुल्य ८० लाखदेखि १ करोडसम्म हुने अनुमान छ । सलमानलाई बुलेटप्रुफ कार किन्ने सल्लाह सुरक्षा व्यवस्थापन टिमले दिएका हुन् ।
बलिउड सुपरस्टार सलमान खानलाई लगातार ज्यान मार्ने धम्की आउने गरेको छ । हालै मात्र खानलाई मार्ने धम्कीको इमेल आएको थियो । त्यसपछि मुम्बई प्रहरीले उनको सुरक्षा बढाएको थियो ।
प्रतिक्रिया