सन्दीप लामिछानेविरुद्धको मुद्दामा २ क्रिकेटर र डाक्टरको वकपत्र गराउन आदेश
प्रकाशित:
२०७९, २६ चैत्र
काठमाडौं, २६ चैत । नाबालिकमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतले २ क्रिकेटर र १ डाक्टरको वकपत्र गराउन आदेश दिएको छ ।
न्यायाधीश शंकरराज बरालको इजलासले क्रिकेटहरु साहब आलम र अनिश श्रेष्ठ र पीडित भनिएकी किशोरीको मेडिकल गराउने डाक्टरको वकपत्र गराउन आदेश दिएको हो ।
उनीहरुको वकपत्र भएपछि मात्रै यो मुद्दाको फैसला आउने भएको छ । आजको सुनवाइ सुरू हुनासाथ वादीतर्फका वकिलहरूले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेका थिए । यसअघि मुख्य डाक्टरको ठाउँमा सहयोगी डाक्टरको बकपत्र राखिएकोमा त्यसलाई अस्वीकार गर्दै वकिलहरूले सो माग गरेका हुन् । आजको सुनवाइ यत्तिमै सकिएको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार