कोशीमा दोस्रो चरणको आन्दोलन : सभामुख, मुख्यमन्त्री र सांसदको घरघरमै ‘चेतावनी पत्र’
अखबार टुडे
प्रकाशित:
२०७९, २६ चैत्र

काठमाडौं, २६ चैत । कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेको पुनः नामाङ्कन संयुक्त संयुक्त समितिले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

दोस्रो चरणको आन्दोलनअन्तर्गत पुनः नामकरण गर्न माग राख्दै सभाका सभामुख, मुख्यमन्त्री, संसदीय दलका नेता र सचेतकलाई दिने साथै कोशी प्रदेश नाममा मतदान गर्ने ८२ प्रदेश सांसदहरूको घरघरमा चेतावनी पत्र टाँस गर्न थालिएको हो ।

संयुक्त संघर्ष समितिले नामकरण सच्याउन मागसहित चेतावनी पत्र पठाउने र नभेटिए घरमा गएर पत्र टाँस्ने कार्यक्रम रहेको छ । एसईई परीक्षा सञ्चालन भएको भन्दै यसअघिको आन्दोलनको कार्यक्रम स्थगित गरिएको थियो । २७ चैतपछि शान्तिपूर्ण आन्दोलनको कार्यक्रम तय भएको बताइएको छ ।

प्रतिक्रिया