रास्वपा सांसद श्रेष्ठले मन्त्री बन्न दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक
अखबार टुडे
प्रकाशित:
२०७९, २६ चैत्र

काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र सभापति रवि लामिछानेलाई २ करोड बुझाउनुपर्ने बताउँदै प्रसाईंसँग उक्त रकम मागेको अडियो सार्वजनिक भएको हो ।

अडियोमा उनले भनेका छन्, ‘हाम्रो भागमा स्वास्थ्य मन्त्रालय पर्ने भयो । मन्त्रीका लागि रवि सरलाई २ करोड बुझाउनुपर्ने कुरा आएको छ । मसँग पैसा छैन । अहिले एक करोड जति दिँदा हुन्छ । एक करोडचाहिँ चेक दिँदा पनि हुन्छ । त्यसैले अलिकति सहयोग चाहिएको छ ।’

त्यसको जवाफमा प्रसाईंले आफूले २ करोड उपलब्ध गराइदिने ग्यारेन्टी लिएका छन् । उनको यो अडियो सार्वजनिक भएपछि पार्टीले कारबाही गरेको छ । रास्वपाले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । उनी समानुपातिकतर्फबाट रास्वपा सांसद भएका थिए।

प्रतिक्रिया